Skip to main content

Posts

Showing posts from 2022

सय दिनको काम स्मरण गर्दै मेयर बालेन्द्रको प्रतिबद्धता : अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ

काठमाण्डौ - काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचना सहन तयार रहेको उल्लेख गर्नुभएको छ । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई निराश नबनाउने पनि उहाँको प्रतिबद्धता छ । आफ्नो सय दिनको कार्यकाल आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि नागरिकले कसरी लिनुभयो त्यसले अर्थ राख्ने उहाँको भनाइ छ । मेयर शाहले कामको सुरुवात गरेको फुटपाथबाट ठेला हटाउने अभियान, ई–स्पोर्ट्स लागि बजेट व्यवस्थापन, यमबुद्धको सालिक, फोहर व्यवस्थापन र नर्भिक अस्पताललगायत महानगरभित्रका अनधिकृत संरचना हटाउने सन्दर्भलाई उल्लेख गर्नुभएको छ ।