नया सरकार गठन ढिलाइ प्रति अमेरिको चासो काठमाडौं । अमेरिकाले नेपालमा नया सरकार गठनमा भइरहेको ढिलाईप्रति चासो राखेको छ । उसले छिटो सहमति कायम गरी सबैलाई मान्य हुने सरकार गठन गर्न नेपालका राजनीतिक दललाई आग्रह गरेको छ । नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले मंगलबार विहान एमाले अध्यक्ष ´लनाथ खनाललाई भेट गरी सरकार गठनमा भइरहेको ढिलाईबारे चासो राख्नु भएको हो । खनाल निबास डल्लु पुगेका राजदुत डेलिसीले चाँडै सहमति कायम गरी सबैलाई मान्य हुने सरकार गठन गरी देशलाई निकास दिन आग्रह गरेको खनाल निकट स्रोतले बताएको छ ।> प्रधानमन्त्रीको निर्बाचनमा तटस्थ बस्ने निण्र्ँयले सरकार गठनमा ´न् ढिलाई हुने र दलहरुबीचको असहमतिले शान्ति र संविधान संकटमा पर्ने राजदुत डेलिसीको भनाई थियो । उहाँले छिटो सहमति कायम गरी देशलाई निकास दिन नेपालका राजनीतिक दलहरु सहमती हुनेमा अमेरिका आशावादी रहेको पनि बताउनुभयो । जवाफमा अध्यक्ष खनालले शान्ति र संविधानका लागि रा्ट्रिय सहमतिको सरकार गठनको लागि प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले आउँदो १७ गते हुने तेस्रो चरण्ँको निर्बाचनबाट नयाँ प्रधानमन्त्री चयन हुने विश्वास