व्यवसायिक बाख्रापालनबाट बन विनास रोकियो रुद्र पौडेल सुर्खेत २२ असोज । ब्यवसायिक बाख्रापालन सुरु गरेपछि गाउँमा वन संरक्षण भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर सुर्खेत लेखपराजुल गाविस वडा नं। १ मनिरामकाँडाका स्थानीयबासिन्दाले व्यवासायिक रुपमा बाख्रापालन गर्न थालेपछि बन विनासको क्रम रोकिएको छ । गाउँ भेलामार्फत वरापरको जंगलमा छाडा पशु छोड्न ठूला-ठूला रुख काट्न हरियो दाउरा काट्न प्रतिबन्द लगाइएको छ भने बाख्रा जति पनि पाल्न खुल्ला गरिएको छ । छाडा पशु नियन्त्रण जथाभावि घाँस काट्ने प्रकि्रया रोकिएपनि वन जंगल हराभरा भएको हो । स्थानीयबासिन्दा गोरे बुढाले भने-ँदुई बर्ष पहिले गाउँ वस्तु छाडा छोडने गरिन्थ्यो । गाउँ वस्तु जंगलमा छाडा छोडदा वरपरको जंगल विनास भएको थियो । गाउँ भेला मार्फत छाडा पशु नियन्त्रण गर्ने जथाभावि जंगलविनास नगर्ने निर्णय भएपछि वनजंगल हराभरा भएको छ ।’ गाउँमा गाई वस्तु छाडा छोड्न प्रतिबन्ध लगाइएपछि स्थानीयबासिन्दाले व्यवसायिक रुपमा बाख्रापालन पेशा गर्न थालेका छन् । बाख्रापालनबाट मल प्रयोग गरी उत्पादन बढाउन सकिने र बाख्राबिक्रीबाट घर खर्च चलाउन सजिलो हुने भएकाले उनीहरु बाख्रापालनतर्फ