व्यवसायिक बाख्रापालनबाट बन विनास रोकियो
रुद्र पौडेल
सुर्खेत २२ असोज ।
ब्यवसायिक बाख्रापालन सुरु गरेपछि गाउँमा वन संरक्षण भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर सुर्खेत लेखपराजुल गाविस वडा नं। १ मनिरामकाँडाका स्थानीयबासिन्दाले व्यवासायिक रुपमा बाख्रापालन गर्न थालेपछि बन विनासको क्रम रोकिएको छ ।
गाउँ भेलामार्फत वरापरको जंगलमा छाडा पशु छोड्न ठूला-ठूला रुख काट्न हरियो दाउरा काट्न प्रतिबन्द लगाइएको छ भने बाख्रा जति पनि पाल्न खुल्ला गरिएको छ । छाडा पशु नियन्त्रण जथाभावि घाँस काट्ने प्रकि्रया रोकिएपनि वन जंगल हराभरा भएको हो ।
स्थानीयबासिन्दा गोरे बुढाले भने-ँदुई बर्ष पहिले गाउँ वस्तु छाडा छोडने गरिन्थ्यो । गाउँ वस्तु जंगलमा छाडा छोडदा वरपरको जंगल विनास भएको थियो । गाउँ भेला मार्फत छाडा पशु नियन्त्रण गर्ने जथाभावि जंगलविनास नगर्ने निर्णय भएपछि वनजंगल हराभरा भएको छ ।’
गाउँमा गाई वस्तु छाडा छोड्न प्रतिबन्ध लगाइएपछि स्थानीयबासिन्दाले व्यवसायिक रुपमा बाख्रापालन पेशा गर्न थालेका छन् । बाख्रापालनबाट मल प्रयोग गरी उत्पादन बढाउन सकिने र बाख्राबिक्रीबाट घर खर्च चलाउन सजिलो हुने भएकाले उनीहरु बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
गाउँमा व्यवसायिक रुपमा बाख्रापालन गर्न थालेपछि एकै घरमा पाँच वटादेखि एक सयको संख्यामा बाख्रा रहेको उनले बताए ।
स्थानीय कर्णबहादुर बुढाले बाख्रापालन गरि गाउँमै प्रशस्त आम्दानी गर्न सकिने भएकाले र घरमै बसी-बसी मलको प्रयोगबाट उत्पादन बढाउन सकिने बताए । उनले भने-ँपहिले कमाई गर्न बर्षमा ६ महिना भारतमा मजदुरी गर्नुपर्ने बाध्यता थियो । अहिले गाउँमा सबैले बाख्रा पालन गर्न थालेका छन् कोहि विदेश जादैनन् ।’ कर्णबहादुर बुढालेपनि दुई तीन वटा बाख्राबाट सुरु
गरेका थिए । अहिले उनीसँग ६० भन्दाबढी बाख्रा रहेका छन् । बाख्रापालन गर्दा दैनिक घरखर्च चलाउन
सजिलो भएको बताए । ँगाउँमै बाख्रापालन गरेर आम्दानी हुन्छ किन विदेश जानुपर् यो बर्षमा पचार साठी हजार रुपैयाँ खसि बोका बिक्रीबाट कमाउन सकिन्छ ।’
बर्दिया राष्ट्रिय निकुाजसँग जोडिएको उक्त गाउँमा एक परिवारको कम्तीमा पाँच वटा देखि बढीमा एक सयको संख्यामा बाख्रा रहेका छन् । गाउँमै बाख्रा खरिद गर्न व्यापारी हरु पुग्ने भएका उनीहरुलाई बाख्रा बिक्री गर्नपनि कुनै समस्या छैन् । व्यवसायिक रुपमा बाख्रापालन गरेका मनिराम काँडाकै परिमल रावत पनि पेशाबाट सन्तुष्ट रहेको बताउँछन् । बाख्रापालनबाटै उनले लाटीकोइलीमा साढे २ लाख पर्ने १० धुरको घडेरी समेत जोडेका छन् । उनले भने-ँबाख्रापालन गरेर राम्रो आम्दानी हुन्छ । बाख्रापालन गर्न केहि गाह्रो छैन् । घर नजिकै जंगल सस्तो छ त्यसैले बाख्रापालन गर्न सजिलो भएको हो ।’
बाख्रापालन गर्दा खोरको राम्रो व्यवस्थापन हुनुनर्पे बाख्रालाई खोइरो रोग खुर पाक्ने रोग लाग्ने भएकाले समय-समयमा सचेत भएर औषधि उपचार गर्नुपर्ने बाख्रापालक रावतको सुझाव रहेको छ । राष्ट्रिय निकुाजसँग जोडिएको गाउँ भएकाले बाख्रा चराउन घाँस दाउरा काट्न पानी ल्याउन
राष्ट्रिय निकुाजभित्र प्रवेश गर्नुपर्ने बाध्यता
रहेको छ । हालै उक्त गाउँ सहित सुर्खेतका चार गाविसलाई सरकारले मध्यवर्ति क्षेत्र घोषणा गरेको छ । मध्यवर्ति क्षेत्र घोषणापछि निकुाजले स्थानीयबासिन्दालाई कडाई गर्नेमा स्थानीयबासिन्दाहरु सशंकित रहेका छन् ।
वरपरको वन जंगल हराभरा हुन थालेपछि निकुाजबाट गाउँमै बाघ बँदेल लगायतका जनावरहरु आउन थालेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । पहिलेको तुलनामा उक्त गाउँबाट वन्य जन्तुको चोरी शिकारीको घटनामा समेत कमि आएको

Comments
Post a Comment