बलात्कृत किशोरीद्वारा आत्महत्या वनकटवाको पेडारी गाउँकी किशोरीलाई बलात्कार गरेको रहस्य तीन महिना पछि खुलेको छ । १५ वर्षिया ती किशोरीले बलात्कारको पीडा सहन नसकेर आत्महत्या गर्नु अघि आफ्नो पीडा सहित मोबाइलमा बलात्कारीको नाम रेकर्ड गराएको प्रमाण फेला परे पछि गाउँकै दुई युवाले बलात्कार गरेको रहस्य खुलेको हो स्थानीय विद्यालयमा आठ कक्षामा अध्ययनरत रामजानकी थारु लाई राती दिसा गर्न घरबाट निस्केको बेला जवर्जस्ती करणी गरिएको पीडितकी हजुरवुवा जलामु थारुले बताए । उनले गत असोज ६ गते गोठमा सलले झुण्डेर आत्महत्या गरेकी थिइन् । मोबाइलमा रेकर्ड गरिएको आवाजमा गाउँकै हंशराज थारु र रामकपुर थारुले बलात्कार गरेको उल्लेख छ । बलात्कार गरेको रहस्य मोबाइल मार्फत थाहा पाए पछि जाहेरी दिन इलाका प्रहरी कार्यालयमा जाँदा वेवास्ता गरेको आरोप पीडित परिवारले लगाएको छ । मृतक पार्वतीका हजुरवुवा जलामु थारुले भने-ू जाहेरी दिन र हाम्रो कुरा सुनिदिनोस भन्दै कति पटक आएँ । तर वास्ता भएन । ू प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरे पछि जिल्ला प्रशासन कार्यालयमा गएर तोक लगाएको उनले बताए । त्यस पछि हुलाक कार्यालयबाट पठाएको जाहेरी