काठमाण्डौ - काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचना सहन तयार रहेको उल्लेख गर्नुभएको छ । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई निराश नबनाउने पनि उहाँको प्रतिबद्धता छ । आफ्नो सय दिनको कार्यकाल आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि नागरिकले कसरी लिनुभयो त्यसले अर्थ राख्ने उहाँको भनाइ छ । मेयर शाहले कामको सुरुवात गरेको फुटपाथबाट ठेला हटाउने अभियान, ई–स्पोर्ट्स लागि बजेट व्यवस्थापन, यमबुद्धको सालिक, फोहर व्यवस्थापन र नर्भिक अस्पताललगायत महानगरभित्रका अनधिकृत संरचना हटाउने सन्दर्भलाई उल्लेख गर्नुभएको छ ।
२०७७ मंसिर २५ गते बिहीबार सरला सुवेदी कोहलपुर । बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैना कुमारी क्षेत्रीले आफुलाई सस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छिन । उनले उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको बताईन । आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा सस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँकै व्यक्तिहरुले गराएको तमसुकमा रोहबरमा बसि हस्ताक्षर गरेको भएर भागिराम थारुलाई २२ हजार र आफुलाई ४५ हजार जवरजस्ती तिरेको बताईन । उनले पत्रकार सम्मेलनमा बोल्दै सदस्यले खाएको कर्जा कर्मचारिको पारिश्रमिक बाट काट्ने नित