१ साउन, स्याङ्जा । अत्यधिक वर्षा भएका कारण स्याङ्जाका कृषकहरूले लगाएको लाखौँ रुपैयाँ मूल्य बराबरको गोलभेँडा खेती बोटमै कुहिएर नष्ट भएको छ । अत्यधिक वर्षा भई जिल्लाको वालिङ नगरपालिका, जगतभन्ज्याङ, छाङ्छाङ्दी, स्वरेक, एलादी, पकवादीलगायत गोलभेँडा खेतीका लागि पकेटक्षेत्र मानिएका गाविसका कृषकहरूले लगाएको लाखौँ मूल्यको गोलभेँडा खेती बोटमै कुहेर नष्ट भएको कृषकहरूले बताएका छन् ।
त्रियासी कृषि उपज बजार सहकारी संस्थाका अध्यक्ष केदार काˆलेका अनुसार झन्डै ५००-६०० रोपनीमा कृषकहरूले लगाएको टमाटर खेती नष्ट हुँदा कृषकहरू निक्कै चिन्तित भएका छन् । काˆलेका अनुसार कृषकहरूले लगाएको झन्डै २०० क्विन्टल टमाटर नष्ट भएको छ । काˆलेले भन्नुभयो- “कृषकहरूलाई यो सिजनमा मात्रै झन्डै सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।”
‘बडो मेहनतका साथ लगाएको टमाटर बिक्री गरेर रुपैयाँ आम्दानी गर्ने बेलामा अत्यधिक वर्षा भई सबै गोलभेँडा कुहिएर नष्ट भएको छ’- वालिङ ८ त्रियासीका कृषक विष्णु हमालले भन्नुभयो- ‘नौ/दस रोपनी जग्गामा लगाएको टमाटर सबै नष्ट हुँदा मैले मात्रै डेढ लाखभन्दा बढीको नोक्सानी बेहोर्नुपर्यो ।’ रासस
Comments
Post a Comment