पोखरामा पातला प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध
१ साउन, पोखरा । पर्यटकीय नगरी पोखरा उपहमानगरपालिका क्षेत्रभित्र आइतबारदेखि २० माइक्रोन भन्दा पातला प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
गत वर्ष साउन १ देखि कालो प्लाष्टिक मुक्त शहर घोषणा गरिएको पोखरालाई आजदेखि २० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत मेघनाथ काफ्लेले जानकारी दिनुभयो । बजार अनुगमन गर्ने र कसैले २० माइक्रोन भन्दा पातला प्लाष्टिक प्रयोग गरेको पाइएमा कारबाही गरिने काफ्लेले बताउनु भयो । नगरपालिकाले किनमेलका लागि बजार जाादा घरबाटै झोला लिएर जान पनि सबैलाई आग्रह गरेको छ ।
Comments
Post a Comment