स्थानियबासीको सल्लाह बिना गाबिसले शहिद प्रतिष्ठानलाई जग्गा दियो
कोहलपुर हुमहरी भट्टराई
कोहलपुर गाविस अन्तर्गतका वडा नं। २ ८ र ९ का स्थानीय वासिहरुले आज गा।वि।स कार्यालय कोहलपुरमा ज्ञापन पत्र बुझाएका छन् । निर्माण कार्य शुरु गरिएको विराट खानेपानी आयोजना अन्तर्गतको जग्गालाई कोहलपुर गाविसले स्थानीयवासीहरुको कुनै परामर्शविना शहिद प्रतिष्ठान लाई भवन निर्माण गर्न अनुमति दिएको विरोधमा आज ज्ञापन पत्र बुझाइएको हो । कोहलपुरको गोल्छास्थित रहेको ऐलानी करिब १० कठ्ठा जग्गालाई स्थानीयबासीहरुले संरक्षण गर्दै आइरहेका थिए । जहाँ अपाड्ड वाल अस्पताल तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने निर्णय भएको थियो । त्यसको दक्षिणपट्टिको जग्गामा स्थानीय वासी र स्थानीय राजनितीक दलहरुको सहमतीमा खानेपानी आयोजना निर्माण गर्ने निर्णय भएकोमा हाल आएर गाविसले कसै सग सल्लाह नगरि सो जग्गा हचुवाको भरमा शहिद प्रतिष्ठानलाई दिने निर्णय गरेपछि जनताको खानेपानीको अधिकारलाई वेवास्ता गरेको बताइएको छ । केही दिन अधिमात्र आयोजना निर्माण स्थलमा शहिद प्रतिष्ठानले तारवार गरेपछि स्थानियवासीहरुले विरोध गर्दै आइरहेका छन् । गाविसको यस्तो एकतर्फि निर्णयको स्थानीय राजनैतिक दल तथा स्थानीयवासीहरुले विरोध गर्दै गाविस कार्यालयलाई जनताको पक्षमा निर्णय गर्न अनुरोधको साथ ज्ञापन पत्र बुझाइएको हो । गाविस सचिव इन्द्रमणी ढकालले शहिद प्रतिष्ठानलाई सो जग्गा दिने निर्णय गरेको स्वीकार गरेका छन् । स्थानीय वासीहरुले सो निर्णय गाविसले नसच्याएमा कोहलपुर गाविसका वडा नं। २८९ र रझेनावासीहरुले शसक्त आन्दोलन गर्ने आयोजना निर्माण समितीका अध्यक्ष लुट बहादुर रावतले जानकारी दिए ।।सर्बहारा बर्गको नेतृत्व गर्दछौ भन्ने एमाओबादीले बोकेको नारा जनताको खानेपानी जस्तो अति सम्बेदनशील बिषयमा बेवास्ता गर्नुले उनीहरु सर्बहारा बर्गको होइन पाटी गत स्वार्थमा बढी तल्लीन छन भन्ने स्पस्ट छ एक स्थानीय बासीले बताए । खानेपानी जस्तो संवेदनशिल विषयलाई माओवादीको स्थानीय नेतृतवले वेवास्ता गर्दै आफ्नो पार्टीगत स्वार्थलाई मात्रै प्रश्रय दिएकाले स्थानिय वासीहरुले विरोध गर्दै आइरहेका छन् ।

Comments
Post a Comment