मध्यपश्चिममा क्षयरोगी बढे
रुद्र पौडेल सुर्खेत साउन
मध्यपश्चिमााचल विकास क्षेत्रमा क्षयरोगका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको पाइएको छ ।मध्यपश्चिमााचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो आठमहिनामा एकहजार तीनसय ४९ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । निर्देशनालयका अनुसार उक्त अवधिमा सबैभन्दा बढी बिरामी बाँकेमा फेला परेका छन् । बाँकेमा मात्र तीनसय १० जनामा क्षयरोगका जीवाणु भेटिएका थिए । त्यसैगरी दाङमा तीनसय बर्दियामा दुईसय सात र सुर्खेतमा एकसय ३३ जना क्षयरोगी भेटिएका छन् ।निर्देशनालयका अधिकृत महेशकुमार पुरीका अनुसार सबैभन्दा कम डोल्पामा एकजनामात्र बिरामी पत्ता लागेको छ । उहाँले प्युठानमा ९० रोल्पामा ७३ सल्ल्यानमा ६२ रुकुममा ५५ दैलेखमा ४७ र जाजरकोटमा २६ जना नयाँ क्षयरोगी भेटिएका बताउनुभयो ।नियमित औषधि सेवन गरेमा रोग निको हुने उल्लेख गर्दै उहाँले मध्यपश्चिममा एकसय ८० वटा डट्स् केन्द्र स्थापना गरिएको बताउनुभयो । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्न चारसय १७ वटा डट्स् उपकेन्द्र साचालित छन् ।

Comments
Post a Comment