Skip to main content

Posts

Showing posts from July, 2011

लाखौँ रुपैयाँ मूल्य बराबरको गोलभेँडा खेती बोटमै कुहिए

१ साउन, स्याङ्जा । अत्यधिक वर्षा भएका कारण स्याङ्जाका कृषकहरूले लगाएको लाखौँ रुपैयाँ मूल्य बराबरको गोलभेँडा खेती बोटमै कुहिएर नष्ट भएको छ । अत्यधिक वर्षा भई जिल्लाको वालिङ नगरपालिका, जगतभन्ज्याङ, छाङ्छाङ्दी, स्वरेक, एलादी, पकवादीलगायत गोलभेँडा खेतीका लागि पकेटक्षेत्र मानिएका गाविसका कृषकहरूले लगाएको लाखौँ मूल्यको गोलभेँडा खेती बोटमै कुहेर नष्ट भएको कृषकहरूले बताएका छन् । त्रियासी कृषि उपज बजार सहकारी संस्थाका अध्यक्ष केदार काˆलेका अनुसार झन्डै ५००-६०० रोपनीमा कृषकहरूले लगाएको टमाटर खेती नष्ट हुँदा कृषकहरू निक्कै चिन्तित भएका छन् । काˆलेका अनुसार कृषकहरूले लगाएको झन्डै २०० क्विन्टल टमाटर नष्ट भएको छ । काˆलेले भन्नुभयो- “कृषकहरूलाई यो सिजनमा मात्रै झन्डै सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।” ‘बडो मेहनतका साथ लगाएको टमाटर बिक्री गरेर रुपैयाँ आम्दानी गर्ने बेलामा अत्यधिक वर्षा भई सबै गोलभेँडा कुहिएर नष्ट भएको छ’- वालिङ ८ त्रियासीका कृषक विष्णु हमालले भन्नुभयो- ‘नौ/दस रोपनी जग्गामा लगाएको टमाटर सबै नष्ट हुँदा मैले मात्रै डेढ लाखभन्दा बढीको नोक्सानी बेहोर्नुपर्‍यो ।’ रासस

पोखरामा पातला प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध

पोखरामा पातला प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध १ साउन, पोखरा । पर्यटकीय नगरी पोखरा उपहमानगरपालिका क्षेत्रभित्र आइतबारदेखि २० माइक्रोन भन्दा पातला प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गत वर्ष साउन १ देखि कालो प्लाष्टिक मुक्त शहर घोषणा गरिएको पोखरालाई आजदेखि २० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत मेघनाथ काफ्लेले जानकारी दिनुभयो । बजार अनुगमन गर्ने र कसैले २० माइक्रोन भन्दा पातला प्लाष्टिक प्रयोग गरेको पाइएमा कारबाही गरिने काफ्लेले बताउनु भयो । नगरपालिकाले किनमेलका लागि बजार जाादा घरबाटै झोला लिएर जान पनि सबैलाई आग्रह गरेको छ ।

दश करोड राजश्व असुली

दश करोड राजश्व असुली हुमहरी भट्टराई कोहलपुर राजश्व अनुसन्धान कार्यालय मध्य तथा सुदुर पश्चिम इकाई कार्यालय कोहलपुरले आब २०६७ ६८मा ९ करोड ६० लाख ६ सय २३ रुपैया राजश्व असुली गरेको छ। पुर्व दाङको धानखोला देखि पश्चिममा सुदुर पश्चिमको महाकाली सम्म आफनो कार्य क्षेत्र भएको इकाई कार्यालय कोहलपुरले सुदुर पश्चिमको अतरियामा एउटा चेक पोष्ठ राखेर काम गरिरहेको छ । राजश्व अनुसन्धान कार्यालयले भन्सार ऐन २०६४ मुल्य अभिबृद्धि कर ऐन २०५२तथा अन्त शुल्क ऐन २०५८ले दिएको अधिकार र कार्य क्षेत्र भित्र रहि राजश्व असुलि गर्दर्छ भारतीय सिमा बाट भन्सार छली चोरी निकासीका रुपमा नेपाल भित्रिनी तथा देश भित्रबाट एक ठाउ बाट आर्को ठाउमा लैजादा भ्याट बिल नभएका सामान राज्ाश्व अनुसन्धानको छानबिन भित्र पर्दछ । इकाइ कार्यालय कोहलपुरका अधिकृत जागेश्वर शर्माका अनुसार यस क्षँेत्रका भन्सार छलीका सामान हरु बाकेमा भेटिएका छन त्यस पछि कपिलबस्तुको कृष्णनगर र कोइलाबास नाका बाट भित्रीउका सामान पाइएको बताए । सुर्ती कपडा चिनी मल आदीमा बढी राजश्व छली भएको पाइएको रवश्वका एक कर्मचारीले बताए

स्थानियबासीको सल्लाह बिना गाबिसले शहिद प्रतिष्ठानलाई जग्गा दियो

स्थानियबासीको सल्लाह बिना गाबिसले शहिद प्रतिष्ठानलाई जग्गा दियो कोहलपुर हुमहरी भट्टराई कोहलपुर गाविस अन्तर्गतका वडा नं। २ ८ र ९ का स्थानीय वासिहरुले आज गा।वि।स कार्यालय कोहलपुरमा ज्ञापन पत्र बुझाएका छन् । निर्माण कार्य शुरु गरिएको विराट खानेपानी आयोजना अन्तर्गतको जग्गालाई कोहलपुर गाविसले स्थानीयवासीहरुको कुनै परामर्शविना शहिद प्रतिष्ठान लाई भवन निर्माण गर्न अनुमति दिएको विरोधमा आज ज्ञापन पत्र बुझाइएको हो । कोहलपुरको गोल्छास्थित रहेको ऐलानी करिब १० कठ्ठा जग्गालाई स्थानीयबासीहरुले संरक्षण गर्दै आइरहेका थिए । जहाँ अपाड्ड वाल अस्पताल तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने निर्णय भएको थियो । त्यसको दक्षिणपट्टिको जग्गामा स्थानीय वासी र स्थानीय राजनितीक दलहरुको सहमतीमा खानेपानी आयोजना निर्माण गर्ने निर्णय भएकोमा हाल आएर गाविसले कसै सग सल्लाह नगरि सो जग्गा हचुवाको भरमा शहिद प्रतिष्ठानलाई दिने निर्णय गरेपछि जनताको खानेपानीको अधिकारलाई वेवास्ता गरेको बताइएको छ । केही दिन अधिमात्र आयोजना निर्माण स्थलमा शहिद प्रतिष्ठानले तारवार गरेपछि स्थानियवासीहरुले विरोध गर्दै आइरहेका छन् । गाविसको यस्तो एकतर्फ